Search this site
Embedded Files
Prakash Rana
  • Home
    • News
  • Gurkha Hearing Loss Claim
  • Gurkha Family
    • List of Documents Required 📃 आवश्यक कागजातहरूको सूची
    • आवेदन कसरी गर्ने ?
    • यदि आवेदन रिफ्यूज भयो भने के गर्ने ?
    • Gurkha Family Appeal Process
  • Spouse and Partners
  • Documents
  • UK Evisa
    • Travelling with Your Evisa
  • Videos
Prakash Rana
  • Home
    • News
  • Gurkha Hearing Loss Claim
  • Gurkha Family
    • List of Documents Required 📃 आवश्यक कागजातहरूको सूची
    • आवेदन कसरी गर्ने ?
    • यदि आवेदन रिफ्यूज भयो भने के गर्ने ?
    • Gurkha Family Appeal Process
  • Spouse and Partners
  • Documents
  • UK Evisa
    • Travelling with Your Evisa
  • Videos
  • More
    • Home
      • News
    • Gurkha Hearing Loss Claim
    • Gurkha Family
      • List of Documents Required 📃 आवश्यक कागजातहरूको सूची
      • आवेदन कसरी गर्ने ?
      • यदि आवेदन रिफ्यूज भयो भने के गर्ने ?
      • Gurkha Family Appeal Process
    • Spouse and Partners
    • Documents
    • UK Evisa
      • Travelling with Your Evisa
    • Videos
  1. Appeal Started मुद्दाको शुरुवात

  1. तपाइँको आवेदन रिफ्यूज भएर आएपछि २८ दिन भित्र मुद्दा दर्ता गराइसक्नु पर्ने हुन्छ । 

  2. कागजमा मात्र सुनुवाइ गर्ने कि माैखिकरुपमा सुनुवाइ गर्ने त्यसबारे बिचार गर्ने । कागजी सुनुवाइको पाउण्ड ८० पर्दछ भने मौखिक सुनुवाइ माग गर्दा अदालतको दस्तुर पाउण्ड १४० तीर्नु पर्ने हुन्छ । कागजी सुनुवाइ रोजेमा मुद्दाको छिनोफानो कागजीरुपमा बिना उपस्थिति नै तय गरिन्छ । मौखिक सुनुवाइमा अदालतमा उपस्थित हुनुपर्ने हुन्छ । 

  3. आफूलाइ पायक पर्ने सस्था वा वकिलहरुको मद्दतले पनि मुद्दा दर्ता गर्न सक्नुहुन्छ । 

  4. वकिल परामर्श र नियुक्तिका लागि लाग्ने खर्चहरु बुझ्ने । 

  5. मुद्दा दर्ता गर्न आवश्यक सूचनाहरु जम्मा पार्ने  । 

  6. अनि दर्ता प्रक्रिया अगाडि बढाउने । 

लाग्ने समय १ दिन (यो अनुमानित समय हाम्रो हजारौ‌ मुद्दाहरुको अनुभवको आधारमा हो । अदालतको कार्यविधि अनुरुप तोकिएको समय भन्दा धरै तलमाथि हुन सक्ने भएकोले अनुमानित समय यहाँ लेखिएको छ। )

2. Appeal Submitted मुद्दा पेश

  1. मुद्दा दर्ता गर्नका लागि तर्कहरु (Grounds of Appeal)  सबै तयार बनाएर पेश गर्ने ।

  2. अदालतको शुल्क सामान्यतया अवस्थामा कागजमा मात्र सुनुवाइकाे ८० पाउण्ड र माैखिकरुपमा सुनुवाइको १४० पाउण्ड प्रतिव्यक्ति तिर्नु पर्ने हुन्छ ।

  3. यो सबै प्रक्रिया रिफ्यूज भएर आएको २८ दिन भित्र गरिसक्नु पर्ने । अदालतको शुल्क तुरुन्त तिर्न नसक्ने अवस्था भए त्यसबारे जानकारी गराउने । 

3. Awaiting Respondent Bundle विपक्षीको कागजातको प्रतिक्षा

  • अदालतमा मुद्दा दर्ता भइसकेपछि अदालतले होम अफिसको मुद्दा पुनरावलोकन समूहलाइ उनीहरुसँग भएका सम्पूर्ण कागजात तपाइँ वा तपाइँको वकिललाइ उपलब्ध गराउने निर्देशन गर्दछ 

  • मुद्दा पुनरावलोकन समूहको कागजात कुरेर बस्ने 

लाग्ने समय २ हफ्ता देखि २ महिना 

4. Case Building मुद्दा तयारी

होम अफिसको मुद्दा पुनरावलोकन समूहले कागजात उपलब्ध गराए पनि वा न गराए पनि अन्तमा अदालतले अवस्था हेर‍ी मुद्दा तयारी गर्नका लागि तपाइँलाई वा तपाइँको वकिललाई निर्देशन दिनेछ ।  

आफ्नो वकिललाइ तुरुन्त सम्पर्क गरेर मुद्दा तयार गर्न समय मिलाउने वा मुद्दा तयारी गर्ने 

  1. मुद्दा तयारी गर्दा कस कसको बयान पेश गर्ने हो उनीहरुको बयान तयार गर्ने 

  2. के कति कागजात पुगेका छैनन् वा थप वा अपडेट गर्न पर्ने हो सो तयार गर्ने 

अदालतले यो चरणामा जम्मा ४ हफ्ता भन्दा कम समय दिने हुँदा आवश्यक मेडिकल रेकर्डहरु वा अन्य समय लाग्ने कागजातहरु केही भए बनाउने प्रक्रिया चाडै अवलम्वन गर्ने । 

केही गरे पनि समयले नभ्याउने परिस्थिति भए थप समयको माग गर्ने 

सबै बयान तथा प्रमाण जम्मा भइसकेपछि साे को निर्देशनानुसार प्रक्रिया पुर्याएर बण्डल बनाइ अदालतमा पेश गर्ने । 

लाग्ने समय १ हफ्ता देखि ४ हफ्ता

5. Case Under Review मुद्दाको समीक्षा

अदालतले पेश भएकाे बण्डल मापदण्ड अनुसार तयार गरिएको छ वा छैन । मुद्दा अघि बढ्न प्रमाणहरु योग्य छ वा छैन त्यसको समीक्षा वा अवलोकन गर्दछ । 

सम्पूर्ण कुरा मापदणड अनुसार पुर्याइएको पाइएमा अदालतले होम अफिसको पुनरावलोकन समूलाइ पुन पुनरावलोकन गर्न वा उनीहरुलाइ चित्त बुझे नबुझेको कुरा उल्लेख गर्न वा प्रतिउत्तर पेश गर्न निर्देशन दिन्छ ।  

लाग्ने समय १ हफ्ता देखि ३ महिना

6. Respondent Review मुद्दा पुनरावलोकन

  • होम अफिसको मुद्दा पुनरावलोकन समूहले तपाइले पेश गर्नु भएको मुद्दाको बण्डल जसमा समावेश भएको प्रमाण बयान आदि हेरेर निर्णय  गर्दछ । 

  • मुद्दामा उठइएका सबै कुरा हेरेर मुद्दा लड्न जरुरी नरहे होम अफिसले मुद्दा फिर्ता लिन्छ  र भिसाको लागि पास्पोर्ट बुझाउने पत्र पठाउँछ । 

  • होम अफिसलाइ चित्त नबुझे उनीहरुलाइ चित्त नबुझेको कुरा प्रतिउत्तर सहित मुद्दा अघि बढाउनका लागि अदालतसँग माग गर्दछ । 

लाग्ने समय १ महिना देखि ३ महिना

7. Submit Hearing Requirement सुनुवाइमा आवश्यक सुविधा

सामान्तया यस अवस्थामा आइपुग्दा धेरै जसोको विशेष गरेर गोरखाली परिवारहरुको मुद्दा पुनरावलोकन भएर फिर्ता हुने गर्दछ र होम अफिसले भिजा दिने निर्णय गरेर मुद्दाको अन्त्य गराउन अदालतसँग आवेदन गर्दछ । 

यदि पुनरावलोकन समूहलाइ पेश गरिएको प्रमाण चित्त बुझेन भने उसले पुनरावलोकन पश्चात उत्तर अदालतमा पेश गर्दछ । अर्थात सुनुवाइको माग गर्दछ । 

अदालतले तपाइँलाइ उत्तर चित्त नबुझे ५ दिन भित्र त्यसको खण्डन  पठाउन वा सुनुवाइ माग गर्न निर्देशन दिनेछ । 

पुन खण्डन नपठाइ तपाइँले सिँधै सुनुवाइको माग गर्न सक्नु हुनेछ  जस्तै 

  1. विदेशबाट कोही बयान दिने व्यक्ति छ 

  2. नेपाली वा अन्य भाषा अनुवादकको आवश्यकता छ वा छैन

  3. ह्विलचेयर एक्सेस चाहिन्छ 

  4. कानको सम्स्याले सुनुवाइमा केही व्यवस्था गर्न जरुरी छ 

  5. भिडियो कलबाट सुनुवाइ गर्ने कि अदालतमै उपस्थित हुने 

  6. कुन कुन दिन उपस्थित हुन नसक्ने 

  7. आदि 

अदालतमा आफूलाइ आवश्यक सुविधाहरुको माग गरि सुनुवाइको समेत माग गर्न सक्नु हुनेछ । 

 लाग्ने समय १ हफ्ता देखि ३ महिना

8. Listing सुनुवाइ सूचीकृत

  1. यो तहमा तपाइको अदालतले मुद्दा सुनुवाइको लागि मिति तोकिदिने कार्य गर्दछ । 

  2. तपाइँको वकिलले वहसकर्तालाइ नियुक्त्त गरि सम्पूर्ण मुद्दाको विवरण उपलब्ध गराउने वा तयारी गराउने । 

 लाग्ने समय १ हफ्ता देखि ३ महिना

9. Pre Hearing सुनुवाइ अगावै

सुनुवाइको मिति अघि केही कार्य बाँकी भए वा आवश्यक भए यो अवस्थामा गरिन्छ । 

अदालतले सबै पक्षाको कागजात हरुको बण्डल तयार गरिदिन्छ । 

 लाग्ने समय १ हफ्ता देखि ३ महिना

10. Hearing सुनुवाइ

यो ज्यादै महत्त्वपूर्ण दिन तपाइ अदालतम उपस्थित हुनु पर्नेछ । 

भिडीयो बाट सुनुवाइ भए कम्प्यूटरबाट उपस्थिति जनाउनु पर्ने छ । 

मोबाइलफोनबाट पनि उपस्तिथि जनाउन सकिने छ तर यो ध्यान दिनुपर्नेछ कि बीचमा कसैको कल आएर डिस्टर्ब नहोस । 

उपस्तिथि 

  1. न्यायधीश

  2. साक्षीहरु वा बयान पेश गर्ने व्यक्तिहरु

  3. तपाइको वकिल

  4. तपाइको विपक्षको वकिल 

  5. भाषा अनुवादक यदि माग गरिएको भए 

  6. अदालतको क्लर्क 

  7. आदि

कहिले काही परिस्थितिवश् मुद्दा सर्न वा सारिन पनि सक्छ । 

 लाग्ने समय १ दिन

11. Decision निर्णय 

  1. तपाइँको मुद्दाको निर्णय न्यायधीशले उपलब्ध गराउँदछ । 

  2. तपाइको मुद्दा जितिन्छ वा हारिन्छ । 

  3. जितियो भन् होम अफिसले तपाइलाइ दिएको निर्णय उल्ट्याएर सामान्यतया भिसा प्रदान गर्नुपर्ने हुन्छ । 

  4. हारियो भने तपाइँको मुद्दाको अन्त्य हुनेछ तर अवस्था हेरीकन अरु बाटोहरु हुन सक्छन्  जस्तै उच्च अदालतमा फेरि मुद्दा अघि बढाउन माग गर्दै आवेदन गर्ने वा नयाँ आवेदन गर्ने  आदि । 

लाग्ने समय १ दिन २ महिना

- बयानहरु तयार पार्दा सकभर आफूलााइ लागेको सम्पूर्ण कुरा खुलस्त गराउने । अँग्रेजी नबुझ्ने हो भने आफ्नो बयान नेपालीमा पढेर सुनाउन माग गर्ने र जसले पढेर सुनाएको छ उसको नाम बयानको पुच्छरमा उल्लेख गर्ने । 

- कागजात हरु तयार पार्दा ध्यान पुर्याउनु पर्ने कुराहरुका लागि यहा हेर्नुहोला Documents  

अदालतमा सोधपूछको लागि सम्पर्क ठेगाना 

First-tier Tribunal (Immigration and Asylum)

पहिलो तहगत अदालत 

सोधपूछ

PO Box 6987

Leicester

LE1 6ZX

United Kingdom

Email : customer.service@justice.gov.uk

Telephone: +44 (0) 300 123 1711


Google Sites
Report abuse
Page details
Page updated
Google Sites
Report abuse