तपाईंको eVisa संग यात्रा गर्दा ध्यान दिनुहोस्

तपाईंको eVisa अन्तर्राष्ट्रियरुपमा यात्रा गर्दा वा UK यात्रा गर्नको लागि तपाईंको यात्रा गर्ने अधिकार भएको वा नभएको  प्रमाणित गर्न प्रयोग गरिनेछ। 

अन्तर्राष्ट्रिय यात्रा गर्नु अघि तपाईंको हालको पासपोर्ट वा यात्रा कागजात तपाईंको eVisa संग लिंक गरिएको छ वा छैन स्पष्ट जाँच गर्नु आवश्यक छ।  नत्र अनावश्यक ढिलाइ सामना गर्न पर्ने अवस्था आउन सक्छ । 

तपाईंको eVisa संग लिंक पासपोर्ट वा यात्रा कागजात अपडेट गर्न यहाँ जानुहोस्: 

https://www.gov.uk/update-uk-visas-immigration-account-details/update-your-ukvi-account

तपाईंलाई यात्रा सरल र सहज बनाउनका लागि हरेक पटक तपाईंको पासपोर्ट वा यात्रा दस्तावेजको जानकारी परिवर्तन हुँदा त्यसलाई अपडेट गर्न नविर्सनुहोस् । यात्राका क्रममा तपाईंको eVisa स्वचालित रूपमा जाँच हुँदा इ भिसामा भएको विवरण र तपाइँले बोकेको कागजतको विवरण मेल खाने खालको हुन जरुरी छ ।  

तपाईंलाई यात्रा गर्नु अघि Share Code शेयर कोड निकालेर त्यसलाइ सुरक्षित ठाउँमा लेखेर वा प्रिन्ट गरेर संगै बोकेर हिँडे वा पास्पोर्टमा राखेर हिँडे यात्रा सहज हुनसक्छ । एक चोटि निकालेको शेयर कोड Share Code ९० दिनको लागि मान्य हुन्छ, त्यसैले यात्रा अघि नै यो तपाइको इ भिसा एकाउण्टबाट निकाल्न सकिन्छ।

३१ डिसेम्बर २०२४ मा वा पछि समाप्त हुने BRP कार्डलाइ UK मा यात्रा गर्नका लागि अनुमति प्रमाणको रूपमा मार्च २०२५ को अन्त्य सम्म मान्यता प्राप्त रहने भएकोले यात्रा गर्दा तपाईंको समाप्त भएको BRP संगै बोक्नुपर्छ। 

यदि तपाईंसँग BRP छैन वा तपाईंलाई कहिले  प्रदान गरिएको छैन भने, तपाईंको यात्रा अनुमति अन्य तरिकाबाट जाँच गरिनेछ।