१ जुन २०२५ देखि बेलायतको यात्राको लागि बायोमेट्रिक आवासीय अनुमति पत्र (Biometric Residence Permit - BRP Card) कार्डहरूलाई आप्रवासन स्थितिको प्रमाणको रूपमा स्वीकार गरिने छैन ।
अब बेलायत प्रवेश गर्ने आफ्नो अधिकार प्रमाणित गर्न UKVI को अनलाइन आप्रवासन स्थिति प्रणाली (eVisa) प्रयोग गर्नुपर्छ। यो नियम पहिले आफ्नो स्थितिको प्रमाणको रूपमा BRP कार्डमा भर पर्नेहरूका लागि लागू हुनेछ।
गर्नुपर्ने कार्यहरू:
व्यक्तिहरूले UKVI खाता बनाएर आफ्नो स्थितिलाई त्यसमा जोडेको (लिंक गरेको) सुनिश्चित गर्नुहोस्।
उनीहरूलाई आफ्नो डिजिटल स्थितिमा लिंक गरिएको पासपोर्ट साथमा लिएर यात्रा गर्न प्रोत्साहित गर्नुहोस्।
आवश्यक पर्दा आफ्नो स्थिति हेर्न र साझा गर्न के गर्नुपर्छ यहाँ क्लिक गर्नुहोस
यदि तपाईंलाई वा तपाईंका सहकर्मीहरूलाई UKVI खाता खोल्न सहयोग चाहिएमा वा यी परिवर्तनहरूबारे कुनै प्रश्न भएमा कृपया नजीकको गोरखाली सस्था वा हामीलाई जानकारी दिनुहोस्।
बेलायती सरकारले यस वर्षको सुरुमा आवदनशुल्कमा वृद्धि गर्ने घोषणा गरेको छ । जसमा इलेक्ट्रोनिक यात्रा अनुमति, दक्ष कामदार र नागरिकता आवेदन समावेश छन ।
जसमा भ्रमण भिसा, आवासीय भिसा (ILR) र एपेन्डिक्स FM आवेदनहरू समावेश छन्, ९ अप्रिल २०२५ देखि लागू हुने उल्लेख छ ।
गोरखाली परिवारको भिसा शुल्क £1546 बाट वृद्धि भइ £1938 पुग्ने उल्लेख गरिएको छ ।
बेलायतभित्रबाट गरिने ILR भिसाको शुल्क पाउण्ड 2885 बाट पाउण८ 144 का दरले वृद्धि भएर पाउण्ड 3029 पुग्ने उल्लेख गरिएको छ।
6 मिहने भिजिटर भिसा शुल्क £115 बाट वृद्धि इभइ £127 हुने उल्लेख गरिएको छ ।
20 March 2025