सर्वप्रथम आफ्नो आवेदन जायज छ कि छैन त्यसबारे जति सक्दो बढी सूचना सङ्कलन गर्ने ।
आफ्नो दावी कानूनसम्मत छ कि छैन त्यसबारे ज्ञान लिने ।
अरु कसैको बयान वा कथा हुबहु नक्कल नगर्ने । तपाइँको आफ्नै कथा अरुको भन्दा बलियो हुन सक्छ त्यसको आङ्कलन गर्ने ।
पारिवारिक विवरणहरु जस्तै जन्म मिति, नाम, ठेगाना आदिमा त्रुटी छ छैन जाँच गर्ने त्रुटी भए सुधार गर्ने । एउटै परिवार भएको आधारमा हुने बलियो आवेदन ठेगानामा हुन गएको त्रुटीका कारण कमजोर बन्न सक्छ । एउटै ठेगानालाइ विभिन्न प्रकारले लेखिन्छ भने त्यसको प्रमाण सङ्कलन गर्ने ।
आवेदन एउटा जटिल प्रकिया हो त्यसैले अनुभवीहरुको सल्लाह लिने । कसैको हावादारी कुराको पछि नलाग्ने ।
आवेदन
थुप्रै किसिमको आवेदन र त्यही अनुसार शुल्क हुन्छ । आफूलाइ मिल्ने आवेदन कुन हो पक्का गर्ने । Online Applicaiton form
आवेदनसँग पेश गर्नु पर्ने थप आवेदन हरु (Appendix) छन् भने त्यो भर्न नछुटाउने । Appendix and Applicaiton form
नीतिनियम अनुसार माग भएका सम्पूर्ण कागजात नछुटाइ पेश गर्ने । Specified Evidence वा माथि हेर्नुहोला ।
आवेदनहरु प्राय सबै अनलाइन भएकोले जुनसुकै ठाउँबाट पनि भर्न सकिन्छ तर जहाँ हुनुहुन्छ त्यो ठाउँ अनुसार आवेदन प्रक्रिया फरक हुनसक्छ । जस्तै छातीको एक्स रे गर्न पर्ने वा नपर्ने हुन सक्छ ।
आवेदन भर्ने वा भर्न विशेषज्ञको सहयोग लिने । बयानहरु तयार पार्ने । कसैको नक्कल नगर्ने ।
बयानमा आवेदनमा पृष्ठभूमि, पारिवारिक विवरण, सैन्य सेवाको विवरण, आवेदकको विवरण, आर्थिक भावनात्मक निर्भरता र सम्बन्धको बारेमा स्पष्ट खुलाउने ।
नेपालबाट आवेदन दिँदा छातीको एक्स् रे अनिवार्य रहेकोले त्यो नछुटाउने । Authorised TB Certificate providers
माथि उल्लेखित प्रमाणहरु सङ्कलन गर्ने ।
उचित शुल्क अनलाइन मार्फत तिर्ने । UK visa fees - GOV.UK
बायोमेट्रीक एपोइन्टमेण्ट लिने र आफ्नो फोटाे तथा अैालाका छापहरु तोकिएको ठाउँमा खिचाउने ।
अनि निर्णय कुर्ने जुन १ महिना देखि एक वर्ष सम्म लाग्न सक्छ ।
फास्ट् ट्रयाक सेवा पनि उपलब्ध हुन सक्छन जसको छुट्टै शुल्क तिर्नु पर्ने हुन्छ ।
गोरखाली आवेदनका लागि सल्लाह सुझाव एव विशेषज्ञ परामर्श आवश्यक परेको अवस्थामा तलको लिङ्क मा गइ निशुल्क समय लिन सक्नुहुन्छ ।