यदि तपाईंले सन् १९८७ देखि ब्रिटिश सेनामा सेवा गर्नुभएको छ
र तपाईंलाई श्रवण शक्तिमा ह्रास भएको छ भने तपाईं क्षतिपूर्ति दावी गर्न सक्नुहुन्छ;
हामी Howe and Co Solicitors ले MOD सँग सम्झौता गरिसकेका छौं जसमा
यदि तपाइँको कान परीक्षणमा तपाईंको श्रवण शक्ति ह्रास भएको पाइएमा तपाइँलाई बिना अदालती प्रक्रिया क्षतिपूर्ति प्रदान गराइने छ।
यो सम्झौता जनवरी २०२६ सम्म मात्र लागू छ ।
त्यस उपरान्त तपाइँले क्षतिपूर्ति दावी गर्न चाहनुभएको खण्डमा अदालतनै जानु पर्ने हुन सक्छ ।
🪖 सैन्यसेवाकालमा उच्च ध्वनिबाट उत्पन्न श्रवणशक्तिमा क्षति र त्यसवापत क्षतिपूर्ति दावी विवरण
तपाईंको कान बज्ने टिनिनि गर्ने र सुन्ने शक्ति कमजोर हुनुको पछाडि तपाइँको लामो सेवाकालका दौरान कानको सुरक्षा उपकरणको अभावले उच्च आवाज वा ध्वनि आउने हात हतियार, विष्फोटन तथा सवारीसाधानको प्रयोगका परिणामफलस्वरुप भएको हुनसक्छ ।
होवे एण्ड को सोलिसिटर्स जसले २००४ देखि अरु विभिन्न गोरखा संस्था तथा अभियन्ता जस्तै जोअना लुम्ले आदिको सहकार्यमा गोरखाली तथा तिनका परिवारहरुको बेलायती आवासीय भिसा सम्बन्धि मुद्दामा उललेखनीय विजय हासिल गर्न सफल रह्यो, फेरी आज गोरखालीहरु जसले सेवाकालमा इमान्दारितापूर्वक सेवा पुर्याएर अवकास पाउँदा समेत उसको जीवनस्तरमा असरपर्ने गरी सेवाले दिएको चोट वा क्षतिका विरुद्ध क्षतिपूर्तिको दावी लागि मुद्दा अगाडि बढाउँदै आएको छ ।
हामी अहिले गोरखा भूतपूर्व सैनिकहरुलाई, अन्य हजारौं सेना पूर्व–सैनिकहरूसँगै, हतियार चलाउँदा भएको श्रवणशक्तिको क्षति र टिनिटसका लागि क्षतिपूर्ति दावी गर्न सहयोग गरिरहेका छौं । गोरखालीहरुलाई पनि सेवाकालमा पर्याप्त सुरक्षा उपकरण उपलब्ध नगराइएकै कारणले श्रवणशक्तिमा क्षति पूगेको देखिएको छ ।
हामीले तपाईंको श्रवणशक्ति क्षति र टिनिटसकोका लागि क्षतिपूर्तिको दावी सँगै कुनै पनि डिजिटल उपकरणको लागत आवश्यक पर्ने देखिएको खण्डमा त्यसको खर्च समेत क्षतिपूर्तिसँगै दावी गर्नेछौं । यदि तपाईले समय अगाडि सेवा छोड्नुपरेको थियो वा आफ्नो सेनामा सेवा गरेपछि श्रवणशक्ति गुमेकै कारण रोजगारी पाउन कठिन भएको वा आम्दानीको र अन्य लाभहरू गुमेको भए त्यसको क्षति पनि क्षतिपूर्ति दावीसँगै समावेश गर्न सकिन्छ ।
यसको अर्थ यस प्रकारको दावीमा क्षतिपूर्तिवापत आउने रकम हजारौं पाउण्डसम्म हुनसक्छ ।
दावी गर्न सक्षम हुनको लागि तपाईले १ मे १९८७ उपरान्त सेवा गरेको हुनुपर्छ र हतियार प्रयोग वा विस्फोटको सामना गरेको हुनुपर्छ । उदाहरणका लागि, यदि तपाई १९८४ मा भर्ती हुनुभएको हो, र १९९९ मा सेवा छोड्नुभयो भने तपाईले १२ वर्षको सेवा अवधिका लागि मात्र क्षतिपूर्ति दावी गर्न सक्नुहुन्छ ।
जब तपाइँ इच्छुक हुनुहुन्छ भने होवे एण्ड को सोलिसिटर्सले तपाईलाई सहयोग प्रदान गर्न तत्पर छ । क्षतिपूर्ति दावीका लागि तपाइलाई हामी पूर्णरूपमा योग्य र सक्षम श्रवण विशेषज्ञबाट जाँच मूल्यांकन गराउने व्यवस्था गरिनेछ । हाम्रो देशभर परीक्षण केन्द्रहरू छन् । यदि तपाईले परीक्षण पास गर्नुभयो भने हामी MOD सँग तपाईको क्षतिपूर्तिको दावी दर्ता गर्न सक्छौं ।
भर्खरै सम्म MOD यी दावीहरूको विरुद्ध लडिरहेका थियो तर हालसालै हामी MOD सँग वार्ता गरे पश्चात खुसीका साथ व्यक्त गर्न चाहन्छौ कि MOD हामीसँग सौदा सम्झौता गरिसकेको छ ।
यो सम्झौतामा एउटा खण्ड यो छ कि भूतपूर्व सैनिकहरूले आफ्नो क्षतिपूर्तिको दावीहरू ३१ जनवरी २०२६ सम्म दर्ता गराइसक्नुपर्नेछ ।
हाल हामीसँग ४०० भन्दा बढी गोरखा भूतपूर्व सैनिकहरूको दावी प्रक्रियामा छ । अन्य सयौँ गोरखा भूतपूर्व सैनिकहरूसमेत यस सम्झौताबाट लाभ उठाउन सक्छन् ।
नेपालमा रहेका भूतपूर्व सैनिकहरुले पनि हामीसँग नेपालबाटै क्षतिपूर्तिको दावी दर्ता गराउन सक्ने गरि कानूनी संस्था गठन गरेका छौ ।
यो सेवा पूर्ण रूपमा निःशुल्क छ, र हामीले सकेसम्म धेरै गोरखा पूर्व–सैनिकहरूलाई लाभान्वित गराउने उद्देश्य राखेका छौं ।
यदि तपाई पनि यस प्रकारको क्षतिपूर्ति दावी चाहनुहुन्छ भने कृपया मार्क कोलिन्स् Mark Collins वा प्रकाश राना Prakash Rana लाई 02088404688, law@howe.co.uk मा सम्पर्क गर्नुहोस् .
नमस्ते ।
होवे एण्ड को
फाराम भरेपछि के हुन्छ ⁉️विवरण
फाराम प्राप्त भएपश्चात Howe & Co ले तपाईंलाई सम्पर्क गर्नेछ र तपाईंको कान परीक्षण गर्न तपाईंलाई क्लिनिकहरूमा बोलाउने छन् । आफ्नो इमेल निरन्तर चेक गर्नुहोला ।
📄क्लिनिकमा आउँदा ल्याउनु पर्ने कागजात📄
तपाइँको लालबुक सबै पृष्ठ सहित
तपाइको जी.पी.को ठेगाना र एन.एच.एस. NHS नम्बर
तपाइको एन.आइ. NI नम्बर
तपाइको आईडी जस्तै, पासपोर्ट, ड्राइभिङ लाइसेन्स वा अन्य
तपाइँको प्रूफ अफ एडरेस्
यदि तपाईंको श्रवणशक्ति परीक्षण नकारात्मक Negative अर्थात तपाइको कानमा कुनै समस्या नदेखिएमा तपाईंलाई सूचित गरिनेछ र तपाईंको दाबी असफल भएको मानिनेछ; कुनै शुल्क लाग्ने छैन।
यदि तपाईंको श्रवणशक्ति परीक्षण सकारात्मक Positive अर्थात तपाइको कानमा समस्या देखिएको खण्डमा तपाईंलाई सूचित गरिनेछ र तपाईंको दावी अगाडि बढाइनेछ ।
तपाइँको दावीलाई विशेषज्ञ प्रोफेसरद्वारा उचित क्षतिपूर्तिको आङ्कलन गराइनेछ र बेलायती रक्षामन्त्रालयलाई बुझाइने छ ।
तपाइँको बयान बनाउन जरुरी पर्न गएको अवस्थामा तपाइँले सेवाकालमा कुनकुन हतियारहरु कहाँ कहाँ चलाउनु भयो त्यो खुलाएर तयार पारिनेछ । अरु आवश्यक केही कागजात चाहिएको खण्डमा तपाइको स्वीकृतिमा हामी सम्बन्धित निकायसँग माग गर्ने छौै ।
रक्षामन्त्रालयले तपाइँको माग गरिएको क्षतिपूर्ति रकम उचित भए नभएको तपाइँलाई जाँच गरी बढी भएको जस्तो भान परेमा केही कम गर्नको लागि माग गर्न सक्नेछ । उनीहरको माग स्वीकार गरेको खण्डमा तपाइँले क्षतिपूर्ति रकम प्राप्त गर्नु हुनेछ । माग स्वीकार नगरेको खण्डमा भने अदालत नै जानपर्ने अवस्था आउनसक्छ यसका लागि भने तपाइँले पुन परामर्श लिन सकिनेछ ।
यदि तपाइँको क्षतिपूर्तिको दावी सफल भयो भने मात्र र तपाइँले १५०० भन्दा बढी रकम क्षतीपूर्ति बापत पाएको खण्डमा मात्र हाम्रो पारिश्रमिक तपाइँले पाउने क्षतिपूर्तिको बढीमा २५ प्रतिशत पारिश्रमिकबापत लिइनेछ ।
⭐⭐⭐⭐⭐
केही एतिहासिक तस्वीरहरु