Search this site
Embedded Files
Prakash Rana
  • Home
    • News
  • Gurkha Hearing Loss Claim
  • Gurkha Family
    • List of Documents Required 📃 आवश्यक कागजातहरूको सूची
    • आवेदन कसरी गर्ने ?
    • यदि आवेदन रिफ्यूज भयो भने के गर्ने ?
    • Gurkha Family Appeal Process
  • Spouse and Partners
  • Documents
  • UK Evisa
    • Travelling with Your Evisa
  • Videos
Prakash Rana
  • Home
    • News
  • Gurkha Hearing Loss Claim
  • Gurkha Family
    • List of Documents Required 📃 आवश्यक कागजातहरूको सूची
    • आवेदन कसरी गर्ने ?
    • यदि आवेदन रिफ्यूज भयो भने के गर्ने ?
    • Gurkha Family Appeal Process
  • Spouse and Partners
  • Documents
  • UK Evisa
    • Travelling with Your Evisa
  • Videos
  • More
    • Home
      • News
    • Gurkha Hearing Loss Claim
    • Gurkha Family
      • List of Documents Required 📃 आवश्यक कागजातहरूको सूची
      • आवेदन कसरी गर्ने ?
      • यदि आवेदन रिफ्यूज भयो भने के गर्ने ?
      • Gurkha Family Appeal Process
    • Spouse and Partners
    • Documents
    • UK Evisa
      • Travelling with Your Evisa
    • Videos

तपाईंको eVisa संग यात्रा गर्दा ध्यान दिनुहोस्

ई भिसा 🛂

यदि तपाईंले अझै आफ्नो ई-भिसा खाता बनाउनु भएको छैन भने कृपया तलको लिङ्कमा गइ आफ्नो ई-भिसा खाता हेर्नका लागि आवेदन गर्नुहोस् । तपाईंलाई आफ्नो खाता हेर्न मोबाइल फोन, मोबाइल नम्बर र इमेल ठेगाना आवश्यक पर्न सक्छ। सबै कुरा पूरा भएपछि तपाईंले आफ्नो ई-भिसा जाँच गर्न सक्नुहुन्छ।

युके परम्परागत बायोमेट्रिक रेसिडेन्स परमिट (BRP) कार्डबाट ई-भिसा प्रणालीमा रुपान्तरण हुँदैछ जुन २००८ मा यूरोपेली यूनियनको निर्देशन अनुसार जारी गरिएको थियो। ब्रेक्जिटपछि यो कार्ड आवश्यक नभएको अड्कल लगाइ  यसलाइ हटाइने निर्णय भयो । 

सीमाको नियन्त्रणमा केही समस्या पहिचान गरी जस्तै उत्तरी आयरल्याण्ड र आयरल्याण्डको सीमा सधैं खुला रहने कारणले, प्रभावकारी सीमाको नियन्त्रणका लागि आधुनिक प्रविधि जस्तै बायोमेट्रिक रिडिङको परिचय दिने योजनामा कार्य भयो । 

अनुमान गर्नुस  विमानस्थलमा अवतरण गर्ने बित्तिकै लामो लाइनमा बस्न नपर्ने गरी, केवल आफ्नो अनुहार वा औँठाको छाप स्क्यानरमा देखाएर र चिप भएको पासपोर्ट प्रस्तुत गरेपछि स्वचालित रूपमा आफू प्रमाणित भएपछि, तपाईलाई जाने अनुमति दिइन्छ भने त्यो तर गज्जब नै हुने भयो हैन र ? 

केही मानिसहरूले यसलाई अत्यन्त प्रभावकारी र सरल पाए भने, धेरैलाइ यो चुनौतीको विषय बन्न गएको छ र अन्यौल छाएको छ  जसले गर्दा प्राविधिक ज्ञानको अभावका कारण धेरै मानिसहरूलाई यो प्रक्रिया आफैंले गर्न कठिनाइ भोगीरहन परेकाे स्थिति छ । 

बेलायतमा बसोबासरत् हुनुहुन्छ भने तपाइँले इभिसाका लागि गोरखा पीस फाउण्डेसन लाइ वा अन्य सस्थाहरुलाई  जसले यो सेवा निशुल्क उपलब्ध गराइरहेका छन् त्यहाँ सम्पर्क गर्न सक्नुहुनेछ । 

यदि तपाईंको बायोमेट्रिक कार्ड छ र तपाईंको ई भिसा खातामा पहुँच छैन भने, ३१/१२/२०२४ अघि तपाईंले आफ्नो ईभिसा खाताका लागि दर्ता गर्नुपर्छ।

चरण १: आफ्नो अनलाइन खाता सेट गर्नुहोस् प्रक्रिया सुरु गर्न, Register to Access your Evisa  

चरण २: 'UK Immigration: ID Check' एप डाउनलोड गर्नुहोस् पुरानो थोत्रो र जथाभावि खरिद गरिएको मोबाइलहरु प्रयोग नगरिएकै राम्रो । आफ्नो इमेलहरु र मोबाइल नम्बर सकभर परिवर्तन नगर्नुहोला । आफ्नो पुरानो फोन कसैलाइ दिनु लाग्नु भएको छ भने आफ्नो इमेलको सेटिङ्बाट उक्त मोवाइल डिभाइस लिस्टबाट हटाएपछि मात्र दिनुहोला  ताकी कसैले सजिलै तपाइको एकाउण्ट ह्याक गर्न नसकोस् ।  

चरण ३: एप प्रयोग गरेर आफ्नो पहिचान प्रमाणित गर्नुहोस् IOS Store  Android Store यदि तपाइको बायोमेट्रिक विवरण होम अफिससँग नभए वा तपाइँको बायोमेट्रीक कार्डको चिपले काम नगरे यो प्रकिया सम्पन्न गर्न सकिन्न, त्यस्तो अबस्थामा होम अफिसलाई सम्पर्क गर्नुहोला। होम अफिस च्याट 

चरण ४: सेक्यूरिटि प्रश्नहरुको उत्तर दिनुहोस अनि त्यसलाइ याद राख्नुहोस  सेक्युरिटिका लागि तपाइलाई केही प्रश्नहरु सोधिने छ वा तपाई आफै चयन गर्न सक्नुहुन्छ जस्तै तपाइँलाइ यादगार भएको ठाउँ वा तपाइको आमाको नाम आदी, आफूले सम्झन नसक्ने विवरणहरु त्यसमा नराख्ने । यी प्रश्नहरुकव उत्तर तपाइँलाई जुनसुकै बेला पनि आवश्यक पर्न सक्छ ।  

चरण ५: होम अफिसको प्रमाणिकरणको लागि प्रतिक्षा गर्नुहोस् होम अफिसले त्यसपछि तपाइँको विवरण जाँच गरेर तपाइँलाई तपाइँको ई भिसा खाता जाँच गर्न सक्नु हुन्छ भनेर इमेल पठाउने छ । 

चरण ६: आफ्नो ईभिसा पहुँच गर्नुहोस् र व्यवस्थापन गर्नुहोस् Evisa Check 

कृपया एक पटक भन्दा बढी आवेदन नगर्नुहोस् 

Access (register your Evisa)

जब तपाईंले आफ्नो ई-भिसा खातामा पहुँच प्राप्त गर्नुहुन्छ, तपाईंको Immigration status स्थिति जाँच गर्न र Share Code कोड पाउन तलको लिंकलाई थिच्नुहोस ।

Check You Evisa

यदि तपाइँले नयाँ पासपोर्ट बनाउनु भएको खण्डमा तलको लिङ्क मा गएर त्यो पासपोर्ट लाई तपाइँको इ भिसामा जोड्न सक्नुहुन्छ । 

Add you New ID Documents or Update your Details

यदि तपाइको इभिसामा केही कुरा मिलेको छैन वा गलत छ वा तपाइँको तस्वीर मिलेको छैन छँदै छैन भने तलको लिङ्कमा गएर सच्याउन अनुरोध गर्नुहोला 

Report an error with your eVisa

  • यदि कुनै समस्या परेमा होम अफिस लाइ सम्पर्क गर्न तलको लिङ्क थिच्नुहोस 

Click to chat with the UKVI

  • बेलायती नागरिकले वा बेलायती पास्पोर्ट धारकले यो प्रक्रिया गर्न जरुरी छैन ।

  • Evisa ई-भिसा रजिस्टर्ड गरिसकेपछि पनि अर्को सूचना नआउञ्जेल आफ्नो अवधिसकिइसकेको बिआरपी कार्ड आफैसँग सुरक्षित राख्नुहोला ।  

  • यदि तपाईंले आफ्नो नाम, फोन नम्बर, इमेल ठेगाना वा पासपोर्टजस्ता विवरण परिवर्तन गर्नुभएको छ भने, तपाईंको खातामा यथाशक्य चाँडो तदनुसार अपडेट गर्न नबिर्सनुहोस् । 

  • यदि तपाईंको राहदानी (बेलायती राहदानी बाहेक) नयाँ  बनाउनु भएको छ भने वा कतै भ्रमण गर्दै हुनुहुन्छ भने  त्यस्तो अवस्थामा तपाईंले आफ्नो ईभिसा खातामार्फत New Identification Documents अपडेट गर्नुपर्छ। 

केही एतिहासिक तस्वीरहरु

Page updated
Google Sites
Report abuse